गोविन्द खड्का
घोराही, २५ माघ । हात उठाएर एक जना व्यक्ति तीन र चार पांग्रे सवारी रोकिरहेका थिए । कहिले मोड्थे थोरैले छलफल गर्थे, न्युन मात्रमा वास्तै नगरी हुईक्याएर बैकरोड भित्र सवारी साधन छिराईरहेका थिए ।
‘रोक्यो अड्या हुन्छन् । उताबाट मच्चिएर आईजान्छन्’ सडकमा डिउटी गरीरहेका घोराही उपमहानगरापालिकाका कर्मचारी बिर बहादुर थापाले भन्नुभयो, ‘उता बाट पनि यसरी रोकनुपर्छ ।’ यसरी एकातिर मात्रै रोक्दा कर्मचारीलाई कठिन भएको छ । उनिहरुलाई किन नरोकेको भन्ने प्रश्न हरेक जसोले गरेका थिए । एक जना संग कुरा गरीरहदा छलिएर अर्को टेम्पो छिर्दथ्यो ।
गत पुस १८ गते बैंक रोडमा तिन र चारपांग्रे सवारी निशेध गरीएको थियो । त्यसबेला घोराही १४ का अध्यक्ष शक्तिराम डा“गि, नेपाल वैक शाखा प्रबन्धक चन्द्रप्रसाद अधिकारी, जिल्ला टाफिक प्रहरी प्रमुख ओमप्रकाश वाग्ले, दाङ जिल्ला उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष वसन्तराज जोशि लगाएतको टोलिले होडिङ वोर्डहर राखेर निषेधित क्षेत्र घोषणा गरेको थियो ।
त्यसैदिन देखि नेपाल वैक अगाडि राखिएको ‘पार्किङ पछाडि’ भने पुर्ण कार्यान्वयन भएको व्यापारीहरुले बताएका छन् । ओलि फेन्सीका भिमबहादुर ओलिका अनुसार आक्कल झुक्कल कसैले सवारी अड्याए पनि सबैले बैकको उत्तरतिर लैजाने गरेका छन् । वरपरको व्यापार व्यवसायमा सहज भएको छ । सबै भन्दा सा“घुरो टर्निङमा सवारी सजिलै मोडिन सक्ने भएको छ । त्यसका लागि नेपाल वैंकले दुवै तिरका गेट खुला गरेर पार्किङमा सहयोग गरेको छ ।
दिनमा धेरै पटक जाम लाग्ने घुम्ति क्षेत्र आजभोलि खुला र उछाईलो देखिएको छ । बजार गर्न आएकाहरु ीनर्धक्क संग वारी पारी च्याउदै हिडेका देखिन्छन् । लामो मेहनत पछि त्यस क्षेत्रमा सफलता प्राप्त भएको बताईएको छ । अझै शिक्षाकको चौमासिक तलव, असारको अन्तिम निकासा, दशैको तलव लगाएत बैकमा भिड लाग्ने सिजनमा भने भोग्न बाकि नै रहेको छ ।
अहिल्यै देखि नाकाका दुवै तिर अभ्यास गराउन घोराही उपमहानगरका कर्मचारी राख्नु पर्ने धेरैका माग छ । समय समयमा टाफिकको जरीमाना आवश्यक रहेको एक स्थानियले जानकारी दिए । दिन दिनै जरिवाना कगरेपछि भने अभ्यास नभएका सवारीलाई मर्का पर्ने उनको भनाई थियो । उनका अनुसार राज्यले विकल्प दिने, जानकारी गराउने र अटेर गर्नेलाई कार्वाहि गर्ने निति ल्याउनु पर्छ । जरिवाना मात्रै गर्न लागे नागरीकले अनाहकमा दुःख पाउछन् । निशेधित क्षेत्रको पनि समय किटान गर्नुपर्ने पनि माग राखेका छन् । व्यापारीक क्षेत्र भएकाले ट्रान्सपोर्ट बाट सामान ल्याउने समय निर्धारण गर्नुपर्ने जनता वुकका सन्चालक रामभक्त गुप्ताले जानकारी दिनुभयो । पुजा सामाग्री पाईने क्षेत्र पनि भएकाले चाडवाट र धार्मिक कार्यको सुभदिन हुदा पनि बजार व्यवस्थापन गर्न ध्यान दिनुपर्ने व्यापारीको भनाई छ ।
यस क्षेत्रको पहिलो निशेधित क्षेत्र मानिन्छ । एका तिर कर्मचारी बस्दा अर्कातिरबाट उस्तै सवारी मच्चिएर आउथे । केहिले ठुला गाडि पनि हाल्ने गरेका छन् । कारहरुको आवत जावत चलिरहेको हुन्छ । नेपाल वैक अगाडि जस्तै कार्यान्वयन गरेपछि घोराहीको विशेष क्षेत्र संरक्षण हुने धेरैको अनुमान छ । त्यसका लागि केहिदीन निशेधित क्षेत्रको दुवैतिर खटिन जरुरी छ । उनिहरुले अझै केहि दिन अभ्यास गराएर, अटेर गर्नेलाई जरिवाना गर्दै पुर्णरुपमा लागु गर्ने कसरथ गर्नुपर्छ ।