Indrenionline.com

प्रदेश नम्बर ५ मा एमाले र माओवादीका दुई÷दुई, कांग्रेसका एक उम्मेदवार विजयी

इन्द्रेणी संवाददाता
दाङ, २५ माघ । राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश नम्बर ५ बाट दुई जना एमाले, दुई जना माओवादी केन्द्र र एक जना नेपाली काग्रेसका उम्मेदवार विजयी भएका छन् ।

यसरी विजयी हुनेमा नेकपा एमालेबाट रुपन्देहीका खिमलाल भट्टराई, माओवादी केन्द्रबाट अर्घाखाँचीका चन्द्रबहादुर खड्का र कांग्रेसबाट रुपन्देहीका दुर्गाप्रसाद उपाध्याय रहेका छन् । भट्टराईले ३ हजार ६ मतभार प्राप्त गरेर भने कांग्रेसबाट रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको २ हजार ४ सय १८ मतभार प्रप्त गरे । यस्तै नेकपा माओवादी केन्द्रबाट अर्घाखाँचीका चन्द्रबहादुर खड्काको मतभार २ हजार २ सय ८० र रहेको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले बताए ।

त्यस्तै दलिततर्फ नेकपा एमालेका उम्मेदवार रामलखन चमार बिजयी भएका छन् भने अपाङ्ग तथा अल्पसंख्यकतर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार राजकुमार कुवरले विजय भइकी छन् । चमार हरिजनले ५ हजार ५ सय ८ मतभार ल्याए भने कुवरले मतभार ५ हजार ३ सय ४० मत पाए ।

कुल खसेको ३ सय ३ मतमा १५ मत बदर भएको छ । दाङको घोराहीमा भएको सभाको निर्वाचनमा १५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।