Indrenionline.com

दाङको प्रदेश महोत्सव उद्घाटन उपराष्ट्रपतीले गर्ने

इन्द्रेणी संवाददाता
दाङ, २४ माघ । फागुन ३ गतेदेखि घोराहीमा सञ्चालन हुने दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४ को उपराष्ट्रपती नन्दवहादुर पुनले उदघाटन गर्ने भएका छन् । महोत्सव आयोजना गर्ने दाङ जिल्ला उद्योग वाणिज्य संघले महोत्सव उद्घाटनका लागि उपराष्ट्रपती पुनलाई ल्याउने जनाएको छ ।

महोत्सव मुल आयोजक समीतीका संयोजक एवं दाङ उद्योग वाणीज्यसंघका अध्यक्ष नारायण प्रसाद भुसालले फाल्गुन ३ गतेदेखी घोराहीमा आयोजना गरिएको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४को प्रमुख अतीथी उपराष्ट्रपती नन्द वहादुर पुनले उदघाटन गर्ने जानकारी दिए । उपराष्ट्रपतीको निजी सचीवालय कार्यालयले त्यसवारे जानकारी सहीतको पत्र दाङ उद्योग वाणीज्यतथा प्रर्दशनी मुलआयोजक समितिलाइ पठाएको पनी भुसालले बताए ।

यसैविच महोत्सव भव्य र सभ्य रुपमा सम्पन्न गर्न विभीन्न उपसमीतीहरुले छलफल तथा अन्तरक्रीयालार्इ तीव्र पारेका छन । यसैविच मञ्च व्यवस्थापन समितिका संयोजक महेन्द्र बुढाथोकीको अध्यक्षतामा आज बसेको बैठकले २२ सदस्यीय समिति गठन गरेको छ । उपसंयोजकमा निमबहादुर बुढाथोकी, सदस्यहरुमा रुद्र शर्मा, पारस बस्नेत , प्रेम गौतम, सरिता खड्का, प्रकाश पुन, अनु सिहं , रेखा आचार्य, भिमा आर्चाय, आनन्द चौधरी शुरेस बुढा , गिरबहादुर घर्ती ,हरी वली , कविता घले , ज्योती बुढा, इश्वरा गौतम , राधा बन्जाडे, लक्ष्मण अधिकारी , तरबहादुर न्यौपाने , कमल बुढा , मुना बस्नेत रहेका छन् ।

त्यस्तै महेन्द्र बुढाथोकीकै अध्यक्षतामा स्वयंसेवक परिचालन समिति पनी गठन गरिएको छ । महेन्द्र बुढाथोकी संयोजक रहेको वयंसेवक परिचालन समितिमा दिपक सुबेदी र अनिल आर्चाय सल्लाहाकार रहेका छन् ।

त्यस्तै राजनीतीक अपरेशनम संयोजक विवेक श्रेष्ठ , युवा मूल्याङकन संयोजकमा विमल श्रेष्ठ, युवा सहकार्य संयोजनमा सरोज खड्का,युवा परिचालन समिति संयोजनमा बालकृष्ण रावल रहेका छन् ।भने सदस्यहरुमा रमेश थापा , बामदेव रिजाल ,उमाकान्त भण्डारी, अभ्यास पुन , शिलापुर दिपेन्द्र शाही , किशोर केसी , गगन डांगी, लगायत छन् ।

यसैविच शोभा यात्रा तथा वालउद्यान उपसमीतीका संयोजक धनपती शर्माको अध्यक्षता एवं महोत्सव मुलआयोजक समीतीका संयोजक नाराय प्रसाद भुसाल तथा महोत्सव मुलआयोजक समीतीका सहसंयोजक नरेश कार्कीको विशीष्ट आतीथ्यमा समपन्न भेलाले महोत्सवको आर्कषण शोभायात्रालार्इ व्यवस्थीत रुपमा सम्पन्न गर्न विभीन्न निर्णयहरु गरिएको छ। शोभायात्रा तथा बाल उद्यान उपसमितिले महोत्सवको उद्धघाटनका समयमा र्यालीमा सहभागि हुदा ब्यानर सहित सहभागि हुने टोल बिकास संस्था तथा अन्य विभिन्न संघ संस्थाहरुलाई प्रमाणपत्र दिने निर्णय गरिएको छ ।

यसैगरी र्यालीमा सहभागि हुने टोल बिकास संस्था लगायत अन्य विभिन्न संघ संस्थाहरुलाई महोत्सवमा २वटा पास उपलब्ध गराउने पनि निर्णय गरिएको छ भने उक्त पास १६वर्षमुनिका बालबालिकाहरुले प्रयोग गर्न नपाउने पनि बताईएको छ । यसैगरी काम छिटो छरितोका साथ संञ्चालन होस भन्ने उद्धेष्यले विभिन्न उपसमिति पनि गठन गरिएको छ । दिलकुमारी बुढा संयोजक रहेको मुल्यांकन उपसमितिमा सदस्यहरु कमल प्रसाद भट्टराई र रेगबहादुर मल्ल रहेका छन् । यसैगरी दिलिप डि.सी. संयोजक रहेको टोल बिकास संस्था परिचालन उपसमितिमा सदस्यहरु राजकुमार गुप्ता,भानुभक्त पाण्डे छन् ।

लोकराज पराजुलि संयोजक रहेको ब्यावसायिक तथा अन्य संघसंस्था उपसमितिमा सदस्यहरु प्रेम शाह,राधा के.सी. छन् । यसैगरी विष्णु हादुर दसौदी संयोजक रहेको र्याली ब्यवस्थापन उपसमितिमा सदस्यहरु सनम के।सी र प्रदिप पोख्रेल छन् ।