इन्द्रेणी संवाददाता
दाङ, २३ माघ । दाङको घोराही उपमहानगरपालिका– १६ ले दुई सय ६५ जना ज्येष्ठ नागरिकलाई परिचय पत्र बितरण गरेको छ । वडा कार्यालयबाटै उनीहरुलाई परिचय पत्र बितरण गरिएको वडा अध्यक्ष लछिनप्रसाद बुढामगरले जानकारी दिए ।
ज्येष्ठ नागरिकहरुको बिबरण संकलन गरी थप व्यक्तिहरुलाई पनि परिचय पत्र बितरण गर्ने योजना रहेको अध्यक्ष बुढामगरले बताए ।
यसअघि महिला तथा बालबालिका कार्यालयबाट मात्रै बितरण हँुदै आएको ज्येष्ठ नागरिक परिचय अब घोराही उपमहानगरपालिकाबाट वितरण गरिदै आएको छ ।