बिजौरी, २२ माघ । जन कल्याण माध्यामिक विद्यालयमा प्राविधिक शिक्षालयका लागि आयोजना गरिएको ज्ञान महायज्ञमा सोमबार मात्रै १२ लाख बढि संकलन भएको छ ।
त्यसैगरी कृष्णबहादुर ÷रेखा डाँगीले १५ हजार, दधिराम रिजालले १५ हजार ५ सय ५, ईश्वर पोख्रेल तथा मुन्नादेवी पोख्रेलले १५ हजार एक सय १५, केशर बहादुर डाँगीले १५ हजार एक सय ५, धनादेवी रिजाल १० हजार ५ सय , मनोजजंग ÷सन्तोषजंग राणाले १५ हजार, कृष्णप्रसाद पोख्रेल ÷दामा पोख्रेल १० हजार २ सय २५, डाँगी बन्धु ट्रष्ट ११ हजार एक सय ११, देव डाँगी दश हजार, इन्दिरा अधिकारीले दश हजार एक सय २५ दान गरेका छन् ।
१८ लाख बढिको जग्गा दान
सोमबारमै १८ लाख बढिको जग्गा दान प्राप्त भएको छ । आयोजक समितिका कोषाध्यक्ष प्रदीप गौतमका अनुसार सोमबार भवानी देवी शर्माले १६ लाख बराबर मूल्यको जग्गा दान गरेकी थिइन मीनराज रिजालले २ लाख २२ हजार मूल्यको जग्गा दान गरेकी थिइन । ज्ञान महायज्ञमा कथा वाचनसंगै गरिने अभिनयले श्रोता दर्शकहरुको मन तान्न थालेको छ । महायज्ञमा मुख्य कथावाचकमा पण्डित दिनबन्धु पोख्रेल र सहकथा वाचकमा धु्रवशरण बश्याल रहेका छन् ।
हालसम्म एक करोड बढिको जग्गा दान प्राप्त भएको छ । माघ १८गतेदेखि सञ्चालन भएको महायज्ञमा नगद मात्रै एक करोड बढि संकलन हुने अपेक्षा राखिएको मूल आयोजक समितिका संयोजक देवराज विश्वकर्माले जानकारी दिएका छन् । यसैबिच सोमबारसम्म दान दातव्य, अनुुष्ठान सबै कार्यमा सहयोग गर्नहुने सम्पूर्ण मनकारी दाताहरुमा मूल आयोजक समितिका संयोजक देवराज विश्वकर्माले धन्यवाद ज्ञापन गरेको प्रचार प्रसार समितिका संयोजक राकेश बस्नेतले जानकारी दिएका छन् ।