Indrenionline.com

महोत्सवको अवधिमा बसाइमा १५ र खानामा १० छुट

इन्द्रेणी संवाददाता
दाङ, २२ माघ । दाङको घोराहीमा फागुन ३ गतेदेखि सञ्चालन हुने प्रदेश स्तरीय व्यापारिक तथा पर्यटन महोत्सवको अवसरमा यहाँका होटलहमा खाना र वस्ने सुविधामा छुट गरिएको छ ।

महोत्सव अवधिभर पाहुनाहरुलाई होटलको वसाइमा १५ प्रतिशत र खानामा १० प्रतिशत छुट गरिने दाङ देउखुरी होटल व्यवसायी समितिका अध्यक्ष रुद्र डाँगीले बताए । तर छुटका लागि महोत्सव आयोजक समितिले सिफारिस गर्नुपर्ने उनले बताए । यो सुविधा घोराही क्षेत्रका होटलमा मात्रै भएको पनि अध्यक्ष डाँगीले जानकारी दिए ।

दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा हुने उक्त महोत्सवको तयारी तीब्र रुपमा भइरहेको महोत्सव मूल आयोजनक समितिका संयोजक एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले बताए ।