दाङ, २१ माघ । घोराही उपमहानगरपालिका वडा नम्बर १ को करमकोटमा पहिलो पटक गाडी पुगेको छ । शनिवार पहिलो पटक गाडी पुगेको हो । स्थानीयबासीहरुको श्रमदानबाट ७ किलोमिटर सडक निर्माण भएपछि यस सडकमा गाडीहरु चल्न सुरु गरेका हुन् ।
सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष भिमबहादुर घर्तीको अध्यक्षता एवं नेपाली कांग्रेसका जिल्ला सचिव शंकरप्रसाद डाँगीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले अझैपनि उप–महानगरपालिकाबासीहरुले सहज रुपमा सडक यातायात प्रयोग गर्न नपाएको भन्दै यसमा स्थानीय तहले ध्यान दिन अनुरोध गरेका थिए ।