Indrenionline.com

खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी तीव्र

लक्ष्मण बस्नेत
तुलसीपुर, २१ माघ । दाङको शान र गौरव वृहत्त खुल्ला पुरुष भलिबल प्रतियोगिता २०७४ को तयारीलाई तिव्र पारिएको छ । नगर युवा सञ्जाल तुलसीपुर दाङको आयोजनामा माघ २५ गतेदेखि संचालन हुने जिल्लाको ठुलो धनराशी पुरस्कार रहेको प्रतियोगिताको प्रचार प्रसार, टिम दर्ता, खेल मैदान निर्माण संगै प्रतियोगितालाई सार्थक र परिणाममुखी बनाउन तयारीलाई तिव्र पारिएको नगर युवासञ्जाल तुलसीपुरका अध्यक्ष प्रकाश शर्माले बताएका छन ।

स्वास्थ्यका लागि खेलकुद ,राष्ट्रका लागी खेलकुद भन्ने नाराका साथ तुलसीपुरको अरनिको मैदानमा संचालन हुने प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद ६० हजार पुरस्कार तथा शिल्ड, मेडल र प्रमाण पत्र हात पार्ने सञ्जालका सहसचिव प्रकाश रावतले बताएका छन । त्यस्तै उपविजेता र तृतिय हुने टिमले क्रमशः ३५ र २० हजार नगद पुरस्कार तथा शिल्ड, मेडल र प्रमाण पत्र हात पार्ने सहसचिव रावतले बताए ।

प्रतियोगिता संयोजक कमल खत्रीका अनुसार टिम दर्ता शुल्क ४ हजार तोकिएको र टिम दर्ता फोनको माध्यबाट समेत गर्न सकिने व्यवस्था गरिएको छ । प्रतियोगितामा भागलिन चाहने टिमले आफ्नो टिममा ९ जनाको खेलाडीको नाम समावेस गर्नुपर्ने ,खेलाडीहरुले खाना र बासको आफै व्यबस्था गर्नु पर्ने साथै जर्सीको व्यबस्था आफै गर्नु पर्ने सञ्जालका अध्यक्ष प्रकाश शर्माले बताएका छन ।

शर्माका अनुसार खेल अवधिमा कुनै विवाद आए आयोजक र अम्पाएरको निर्णय नै अन्तिम निर्णय हुने र खेल सम्बन्धी सम्पुर्ण नियम आयोजकमा निहित हुनेछ ।