रोहित सुवेदी
माघ २० बिजौरी । मदन भण्डारी स्पोर्ट्स एकेडेमी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९को अध्यक्षमा सरोज गुप्ता सर्वसहमतिमा चयन भएका छन् । मदन भण्डारी स्पोर्ट एकाडेमीका जिल्ला सदस्य राजेश गिरीको अध्यक्षतामा तथा स्पोर्ट्स एकेडेमी प्रदेश न. ५ का कमिटी सदस्य गणेश खड्काको प्रमुख आतिथ्यता तथा प्रदेश कमिटि सदस्य हिरा ओलीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
साथै तु.उ.न.पा. १८ र १९ वडाको इन्चार्जमा तेजेन्द्र विश्वकर्मा सर्वसहमतमा चयन भएका छन् । उक्त कार्यक्रममा वक्ताहरुले खेल क्षेत्रमा खेलाडीहरुलाई खेलमैदान र यस स्पोर्ट्समा आबद्ध हुने सदस्यहरुलाइ स्वास्थ क्षेत्रमा नेपालमा मात्रै नभएर अन्य देशहरूमा पनि ५०प्रतिशत छुटको ब्यवस्था बताइएको छ ।