Indrenionline.com

स्थाई बन्ध्याकरणका प्रविधि छन् तर सेवा छैन

गोविन्द खड्का
घोराही, २० माघ । संस्थागत परिवार नियोजन क्लिनिक घोराहीमा स्थाइ वन्ध्याकरणका लागि आवश्यक पर्ने सवै प्रविधि छन् । विगत ६ महिनादेखि कसैले पनि सेवा पाएको छैन । क्लिनीकले सेवा लिन आउनेलाई अन्त पठाउने काम मात्रै गरेको छ ।

केही सामानहरु दराजमा छन् । केही गुण्टा कसेर राखिएको छ । धुलोले छपक्क पारेको देखिन्छ । कोचारा कोचार भएको भद्रगोल संग अटाई नअटाई थन्किएका छन् । ‘समान दराजमा थन्किएको छ’ क्लिनिक ईन्चार्ज स्टाप नर्स लक्ष्मी ढकालले भने, ‘भवन छैन डाक्टर पनि छैनन् ।’ उपक्षेत्रीय अस्पतालमा डाईलासिस सेवा ल्याएपछि क्लिनीकलाई हटाईएको हो । उनका अनुसार सबै सुविधा भएको भवन छोडेर हातधुने वेशिन समेत नभएको ठाउँमा सरेको छ । सुई त रुख मुनि लगाएपनि हुन्छ भनेर सेवा दिदै आएको भवन बाट निकालिएको हो । त्यसको प्रभावले स्थाई बन्ध्याकरण सेवा समेत लामो समयदेखि बन्द भएको छ ।

उनीहरुका अनुसार डाक्टर प्रबोध रेग्मी उपक्षेत्रीय अस्पतालमा कार्यरत रह“दा सम्म सजिलो थियो । डा रेग्मी विरअस्पताल सरुवा भैसकेपछि कोहि छैनन् । त्यसैले पनि महिला तथा पुरुषका स्थाई बन्ध्याकरण गराउने काम ठप्प भएको छ । भ्यासेस्टोमि र मिनिल्याव सेवा लिनेहरु दैनिक जासो आउने गरेको उनिहरुलाई अस्पताल, परिवार नियोजन संघ र मेरिस्टोभ तिर पठाउने गरेको त्यहा कार्यरत अनमि तुलसी सुवेदीले जानकारी दिए ।

अन्य सेवामा पनि उत्तीकै समस्या आएको छ । इञ्चार्ज ढकालका अनुसार ईम्पलान्ट र कपरर्टी राख्नेहरुलाई गतिलो वेड छैन । सा“घुरो र अध्यारो कोठामा सेवा दिईन्छ । गर्भवति जा“च गर्दा लाईन बस्ने ठाउ“ छैन । हरेक सोमवार गर्भको जा“च लिने गरीन्छ करीव ८० देखि एक सय पचास जना सम्म हुने गर्छन् । बच्चाको सुई र तौल लिने बेला पनि अडिने ठा“उ छैन । सेवा पछि हातधुने वेशिन, शौचालयको पनि उत्तीकै समस्या रहेको ईन्चार्ज ढकालले बताए ।

पहिलो पटक गर्भती हुनेलाई झुल दिने क्लिनीकमा व्यवस्था छ । तर क्लिनिक सजिलै भेटाउन नसकिने ठाउ“मा आईएनएफ रहेको भवनको एउटा कोठामा छ । त्यहा गर्भरहेको ९ु१ दिन देखि बच्चा जन्मेको ४५ दिन पछि सम्म दुई सय २५ वा आईरन चक्की र गर्भरहेको ९० दिन भएपछि जुकाको औषधि निशुल्क दिने व्यवस्था छ ।

बालभिटा पनि वितरण गरीन्छ । साघुरो स्थानमा परिवार नियोजनका अस्थाई साधनहरु कण्डम, डिपो, आईयुसिडि, ईम्पलान्ट, कपर्टी, टिडि सुई दिने गरीएको छ । प्रविधि अनुसारको सेवा दिन डाक्टरको दरवन्दि र भवन अनिवार्य चाहिने ईन्चार्ज ढकालले जानकारी दिनुभयो । त्यसका लागि घोराही उपमहानगरपालिकाले पहल गर्नुपर्छ । यसले आफुलाई पनि असहज बनाएको घोराही १४ का अध्यक्ष एवं क्लिनिक व्यवस्थापन समितिका अधयक्ष शक्तिराम डाँगल्ले जानकारी दिए ।