इन्द्रेणी संवाददाता
दाङ, १९ माघ । दाङ जिल्ला उद्योग वाण्ज्यि संघको आयोजनामा आगामी फागुन ३ गतेदेखि सञ्चालन हुने प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी–२०७४ को तयारी तीव पारिएको छ ।
महोत्सव सफल वनाउन गठन गरिएका विभिन्न उपसमितिहरुले आ–आफ्नो जिम्मेवारीअनुसार कामलाई तीब्र बनाएका छन् ।
महोत्सवलाई भव्य र सभ्य रुपमा समपन्न गर्न महोत्सव सुरक्षा व्यवस्थापन समिति विस्तार गरिएको छ । महोत्सवलाईसफल पार्न सुरक्षा समीतीको अत्यन्त महत्वपूर्ण भूमिका रहने भन्दै महोत्सवलाई सफल पार्न सुरक्षा उपसमितिमा जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी, जिल्ला र वडा प्रहरी कार्यालय, राष्ट्रिय अनुसन्धान विभाग, जिल्ला ट्राफिक कार्यालय, सामुदायिक प्रहरी सेवा केन्द« सदस्य रहेका छन ।
यसैगरी उपसमितिमा तारा अधिकारी, नारदमणी पोख्रेल, मीनराज घिमिरे, टेकनाथ आचार्य , मधुसुदन रावत, श्रीधर पोख्रेल,शरोज शाहा, दिपक श्रेष्ठ, तीर्थराज आचार्य हिरा केसी, प्रेम खडका, नरवहादुर अधिकारी, र गंगा श्रेष्ठ रहेका छन् ।
महोत्सव सुरक्षा व्यवस्थापन समितिसंयोजक छविनारायण गीरीको अध्यक्षता एवं दाङ उद्योग वणीज्यसंघका अधयक्ष एवं महोत्सव मुलआयोजक सििमतकासंयोजक नारायण प्रसाद भु्साल, सहसंयोक वसन्त जोशी एवं जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको उपस्थितीमा वैठक सम्पन्न भएको थियो । यसैगरी आजै वसेको सास्कृतिक व्यवस्थापन उपसमितिका संयोजक मिनराज भाटको अध्यक्षतामा वसेको वैठकले विभिन्न निर्णय गरेको छ ।