गोविन्द खड्का
घोराही, १७ माघ । दश घार माहुरी किनेर घोराही १३ का दिपकुमार बुढामगरले २०५७ सालमा माहुरी पालन थाल्नुभयो । मुश्किलले पचास हजार लगानि भएको थियो । अहिले एक सय ३५ घार माहुरी छन् । माहुरीका घार लगाएत माहुरी पाल्न चाहिने धेरैजसो सामाग्री निर्मार्ण गर्ने उद्योग स्थापना भएको छ ।
व्यवसाय गर्नु अघि काफि अध्ययन गर्ने दिपको बानि छ । अमेरिकाको टेरीटोरी देश साईपनमा बैदेशिक रोजगारका लागि जानुभयो । त्यहा“ फिलिपिनी लगाएत धेरैले व्यवसायीक माहुरी पालन गरेका थिए । त्यहाको माहुरीले रोल्पाको थवाङमा पालेका याद दिलायो । जहा पुर्खादेखिनै केहि घार माहुरी पाल्ने चलन थियो । तर, त्यहि व्यवसाय गर्न सकिन्छ भन्ने नेपालमा देखेकै थिएनन् ।
सेउखेतीका लागि थवाङको भैसी खर्क छानियो । बुढाका अनुसार कृषि कार्यालयले पराग सेचनका लागि माहुरी पाल्नुपर्ने नत्र सेउ नफल्ने भन्योे । गाउ भरीकालाई माहुरी पालन तालिम दियो । संयोगले बुढाले अबसर पाउनुभयो । त्यसबेला देखिनै भित्र कतै सुषुप्त रुपमा माहुरी पाल्ने ईच्छा बस्यो । करीव २०४९ तिर छोरा पढाउन दाङ झर्नुपयो । सबै परिवार माईग्रेसन भएपछि बिदेशमा कमाउन जाने बाद्यता आयो । विद्यालय पढ्दै २०३६ सालको आन्दोलनले स्कुल छुटाईदियो । दिनदिनै आन्दोलन गर्दा पढाई कमजोर भयो । नेपालमा जागिर गरी खाने अबस्था समाप्त बनायो । ‘मलाई विदेश पनि फापेन’ धेरैठाउ हण्डर खाएको बताउने बुढाले भन्नुभयो,‘ ‘व्यवसाय नगरी आफ्नै देशमा बस्न पनि सकिदैन्थ्यो ।’ त्यसकारण पनि जुक्ति लगाउनुपर्ने भयो । भित्रै देखि मन परेको पेशा माहुरी पालनतिर जोडदिने ।
अग्र्यानिक मह बनको चिउरी मानिन्छ त्यो नेपालमा सम्भब छ । त्यसको पेटेन्ट राईट नाम ‘ईन्डियन बटर ट्री’ रहेछ । विदेशमा भारतीय महको बदनाम भएकाले नेपालको मह अन्तराष्टिय बजारमा जान सकेन । ‘ईण्डियन र चाईनिज मह थर्डक्लासको हो युरोपमा जा“दैन बुढाले भन्नुभयो, ‘नेपाल, भुटान र बंगलादेशको मह एक्लासको हो लैजान्छ ।’ उहाका अनुसार त्यो अबसर पनि नेपालीले गुमाए । भारतको रद्धि मह मिसाएर नेपाली भन्दै पठाउदै गर्न थाले ल्यावमा फेल भयो । त्यसो त विदेश पैठारीका लागि चिउरीको अर्को नाम र गतिलो ल्याव चाहिन्छ ।
त्यसरी शुद्धता जा“च्ने मेशिन राख्न सवै प्रकृया पुरागर्न एक करोड रकम लाग्छ । बुढाका अनुसार त्यो मेशिनले जा“चेपछि कति चिनिछ, कति तोरी र शुद्ध अग्र्यानिक भेनर छुट्याउन सक्छ । निर्यात भएको मह जता पठाएपनि डर हुदैन । अग्र्यानिकको शिफारीस अष्टिेलिया बाट ल्याउनुपर्छ ।
विदेश निर्यात नहुने अर्को यहाको न्युन मात्रा हो । उनिहरु पा“च दश हजार टन लैजान खोज्छन् । नेपालमा पच्चीस तिस टन उत्पादन हुन्छ । त्यसरी अड्को थापेपछि नेपाल सरकारले मह उत्पादनमा ध्यान दियो । नेपाल राष्टबैक नेपाल गन्ज बैकिङ विकास तथा अनुसन्धान ईकाई ले २०७० सालमा अध्ययन गरेको थियो । उत्पादन बढाउने प्रशस्त सम्भावना देख्यो । सहुलीयत दिने क्रम पनि शुरु भयो । सरकार र संघ संस्थाहरुबाट गरिएको पहलले माहुरी पेशा फस्टायो । अबका दिनमा पनि स्थानिय सरकारले उत्तिकै चासो दिनुपर्ने भनाई छ । ‘विभिन्न अध्ययनले पचासौ हजार टन उत्पादन गर्नसकिन्छ भन्ने देखाएको छ’ बुढाले भन्नुभयो, ‘राज्यले चासो दियो भने अझै बढाउन सकिने सम्भावना प्रशस्त छ ।’ उहाका अनुसार विस बर्ष अघि सवा करोड लगानीको अनुमान थियो अहिले १५ करोड पुगेको छ । अनुदान आठ करोड छ । सत्तरी जना बाट व्यवसायी सात सय पुगेका छन् ।
प्रदेश राजधानिको सम्भावना र यस क्षेत्रको केन्द्र दाङ हो । उहाका अनुसार तालिम केन्द्र, गुणस्तर र ल्याव, उत्पादन देखि बजार सम्मको संगठनिक संरचनाको बनाउन जरुरी देखिएको छ । त्यससंगै मौरी कृषक, तोरी तेलहन कृषक र तेल पिसानी उद्यमीहरु सित पनि सम्वन्ध जोडियोस् । तेलहन बालि केन्द्रीत निकाएले संगठित काम गरुन । सबैको व्यवसाय फस्टाउछ । सामाग्रीलाई पचास प्रतिशत अनुदान प्रणाली कायम गर्दै स्थानिय तहले उत्साहीत बनाउनुपर्छ । बन श्रोत, तोरी र बर्षिम खेतिको लागि विशेष कार्यक्रम लागुगर्नुपर्छ । सरकारले सहुलीयतमा ऋण दिने भनेको छ तर कोहि पनि बैकले माहुरी उद्यमीलाई दिएका छैनन् । नेपाल राष्ट बैकले सिफारीस गरेर दिनेव्यवस्था गर्नुपर्ने बुढाले माग गर्नुभयो