Indrenionline.com

चिसोमा खाना र नाना पाएपछि यसो भने यी बृद्धले ( भिडियो सहित )

इन्द्रेणी संवाददाता
दाङ, १७ माघ । दाङको घोराही उपमहानगरपालिका १३  का ७७ वर्षिय जोगबहादुर घर्तीको यो कठ्याङ्ग्रीदो चिसोमा न खाना छ नत नाना नै । जोवनमा उनले तीन भाई छोरोको जन्म दिए तर अहिले आएर बृद्ध अवस्थामा कुनै छोराको आँखा गएन ।

घरमा एक छाक खाना र एक सरो लगाउने नाना नभएपनि उनले जेनतेन ज्यान जोगाई रहेका छन् । यसरी पीडाको जीवन उनले विताउदै आए । भनिन्छ कोही नहुनेको दैव हुन्छ रे त्यस्तै उनका लागि घोराही–१४ कै तारा पुरी दैव बनेर आइन । पुरीले बृद्ध घर्तीलाई एक थान न्यानो फाइवरको सिरक, दुई वोरा चामल, तेल सहयोग गरिन् । त्यति मात्रै होइन पुरीले उनलाई एक सरो कपडा समेत सहयोग गरेकी छन् ।

आफ्नै छोराहरुले यो ७७ बर्षे बृद्ध अबस्थामा वेवास्ता गरेको उनको गुनासो छ गर्दै बलिन्द्र धारा आँसु झारे घर्तीले । समाजिक अभियन्ता पुरीले न्यानो कपडा तथा खाद्यन्न सहयोग गरेपछि ७७ वर्षिया घर्ती खुशी देखिन्छन् । तर यो सहयोगले जीवन भरी पुग्दैन । ७७ वर्षको भए पनि उनले अहिलेसम्म बृद्धा भत्ता समेत पाएका छैनन् ।