तुलसीपुर १६ माघ । नेकपा माओवादी केन्द्रका नेता जगप्रसाद शर्मा‘अपार’ले देउवा सरकारले गरेका निर्णयहरुले राज्यलाई घाटा हुने वताएका छन् । माओवादी केन्द्र तुलसीपुर नगर कमिटीको बैठकका प्रमुख अतिथि अपारले देउवा सरकारले जालझेल गरेर अनैतिक निर्णय गरेको वताए ।
उनले फागुणको पहिलो साता बाम गठबन्धनको नयाँ सरकार बन्ने र अबको नयाँ सरकारले कामचलाउ सरकारले गरेका यस्ता निर्णय उल्टाउने समेत वताए । माओवादी केन्द्र तुलसीपुर उपमहानगर अध्यक्ष राम बहादुर दहित ‘अञ्जान’को अध्यक्षतामा भएको बैठकका प्रमुख अतिथि अपारले माओवादी केन्द्र र एमालेबीच एकता हुने कुरामा कुनै शंका नगर्न आग्रह गरेका छन् ।