Indrenionline.com

इन्द्रेणी अनलाइनका सम्पादक बुढाथोकी सम्मानित

इन्द्रेणी संवाददाता
दाङ, १५ माघ । दाङको घोराही उपमहानगरपालिकाले आफ्नो ४० औं स्थापना दिवसको अवसरमा इन्द्रेणी अनलाइन डटकमका सम्पादक केशरमान विसीलाई सम्मान एवं पुरस्कृत गरेको छ ।

अनलाइन पत्रकारिताका माध्यमबाट उपमहानगरपालिकाको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै नगरवासीलाई सूसुचित गर्दै महत्वपूर्ण योगदान पु¥याएको भन्दै सम्पादक विसीलाई सम्मान एवं पुरस्कृत गरेको हो ।

स्थापना दिवसको अवसरमा आज उपमहानगरपालिकाको हलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रदेश संसाद अमरबहादुर डाँगी, मेयर नरुलाल चौधरीलगायतले सम्पादक विसीलाई प्रसंशापत्र र नगदसहित सम्मान गरेका थिए ।

यसैगरी छापा माध्यमको पत्रकारिताका माध्यमबाट योगदान पु¥याएको भन्दै गोरक्षा दैनिकका प्रकाशक सुलोचना गौतम र विद्युतिय माध्यमबाट योगदान पु¥याएको भन्दै रेडियो मध्यपश्चिमकी विमला घर्तीलाई सम्मान एवं पुरस्कृत गरिएको छ ।