दाङ । जिल्ला युवा सञ्जाल दाङ र स्थानियहरुको पहलमा घोराही उपमहानगरपालिका वडा नं. ४ मा सार्वजनिक प्रतिक्षालय निर्माण गरीएको छ । यूएसएआईडीको आर्थिक सहयोग, ब्याकवार्ड सोसाईटी एजुकेसन बेसको समन्वय र जिल्ला युवा सञ्जालको सौजन्यमा सार्वजनिक प्रतिक्षालय निर्माण गरीएको हो ।
स्थानिय समाजसेवी दामोदर पन्थीले प्रतिक्षालय निर्माण गर्न जग्गा सहयोग गरेका थिए । प्रतिक्षालय निर्माणका लागि करिब ८० हजार रुपैयाको खर्च भएको जिल्ला युवा सञ्जाल दाङले बताएको छ । प्रतिक्षालयको शुक्रबार एक कार्यक्रमका विच उद्घाटन समेत गरीएको छ । वडा अध्यक्ष भिमबहादुर सार्कीले प्रतिक्षालयको उद्घाटन गरे ।