Indrenionline.com

नारायणपुर महोत्सवको तयारी पूरा

इन्द्रेणी संवाददाता
दाङ, ११ माघ । दाङको नारायणपुरमा भोली शुक्रवारदेखि महोत्सव सुरु हुदैछ । माघ २३ गतेसम्म सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजक नारायणपुर उद्योग वणिज्य संघले जनाएको छ ।

‘कृषि व्यवसाय एवं पर्यटनमा प्रोत्साहनः दिगो अर्थतन्त्रकालागि अमूल्य योगदान’ मूल नाराका साथ हुने ‘नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४’ का लागि सम्पूर्ण तयारी पुरा भएको संघका अध्यक्ष महेन्द्रकुमार दाहालले जानकारी दिए ।

महोत्सवको उद्घाटन प्रदेश सभा सदस्य अमरबहादुर डाँगीले उद्घाटन गर्ने छन् ।उद्घाटन अघि शोभायात्रा गरिने र शोभायात्रा उपसमितिका संयोजक अनिल बस्नेतले बताए ।

महोत्सवमा मौताका कुवा, झुला पिङ, ढुंगा पिङ, ब्रेक डान्स, बालबालिकाहरुका लागि खेलौना एवं बाल उद्यानका सम्पूर्ण सामग्रीहरु रहेका छन् । २ सय ३० स्टल रहेको महोत्सवमा कृिष, पर्यटन एवं व्यपारिक स्टलहरु रहने छन् ।

महोत्सवमा प्रवेशका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । टिकटमा विद्यार्थीहरुका लागि विशेष छुट, ७५ वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिक एवं क र ख वर्गको परिचयपत्र भएका अपांगहरुकालागि निशुल्क प्रवेशकालागि फोटोसहित पास उपलब्ध गराइने छ ।