तुलसीपुर, ११ माघ । दाङ तुलसीपुरमा राप्ती बहिरा संघले लगाउने भनेको व्यापारिक तथा कृषि महोत्सव सर्वसहमतिमा स्थगित गरिएको छ । तुलसीपुर उपमहानगरपालिकामा भएको सर्वदलिय वैठकले यस्तो निर्णय गरेको हो ।
‘महोत्सवका नाममा विकृतिका साथै ठूलो धनराशी गैरकानुनी रुपमा वाहिर समेत जाने भएकाले हामीले कार्यविधि निर्माण गर्न लागेका हो ’ नगरप्रमुख पाण्डेले वताए । वैठकले राप्ती वहिरा संघले मेला आयोजनाका लागि खर्च गरेको रकम सवैको पहलमा तिरिदिने र ंपेश्की वाफतको रकम फिर्ता माग्नका लागि पनि पहल गर्ने निर्णय गरेको छ । तुलसीपुरमा विभिन्न खाले वालवालिकाको अवस्था सुधार गर्नका लागि सवैको पहलमा बाल हितकोषको समेत व्यवस्था गर्ने निर्णय गरिएको प्रेस सल्लाहकार वसन्त विवश आचार्यले वताए ।
बहिरा वालवालिकाका लागि छात्रावास निर्माण गर्न महोत्सवको आयोजना गरिएकोमा तुलसीपुरका व्यवसायीहरुले त्यसको विरोध गर्दै आएका थिए । ‘हामी छात्रावास निर्माणमा लागि सकारात्मक छौ , व्यवसायीलाई मार्ने काम नगरौ’ तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरवहादुर रावतले वताए ।
राप्ती बहिरा संघका अध्यक्ष अजय शर्माले वालवालिकाको हितका लागि आयोजना गरिएको महोत्सव स्थगन गर्नु खेदजनक भएको वताएका थिए । उनले महोत्सव पनि लगाउन नदिने र छात्रावास वनाउने प्रतिवद्धता पनि पुरा नगर्ने अवस्था आएमा आफुहरुले कडा प्रतिरोध गर्ने समेत चेतावनी दिएका थिए ।