इन्द्रेणी संवाददाता
दाङ, ११ माघ । राष्ट्रिय सभा सदस्यमा पाँच नम्बर प्रदेशबाट निर्विरोध निर्वाचित महिला सदस्यहरुले आफूहरु संविधान कार्यान्वयनको एउटा महत्वपूर्ण ठाउँमा पुगेको भन्दै सबै मुलुकको हित र प्रदेश नम्बर पाँचको शिर उचो राख्ने काम गर्ने बताएका छन् ।
अर्का सदस्य मीना वुढाले देशलाई कुन स्थानमा पु¥याउने भन्नेमा सञ्चारकर्मी र सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै नराम्रो काममा सधै खवरदारी गर्न आग्रह गरिने । उनले आफूले गर्ने राम्रा नराम्रा काममा पनि सञ्चारकर्मीहरुले रचनात्मक सुझाव दिन आग्रह गरिने ।
राष्ट्रिय सभा सदस्यका लागि संवैधानिक व्यवस्था गरिए अनुसार प्रत्यक प्रदेशबाट तीन जना महिला निर्वाचित गर्नुपर्नेमा देवकोटा र वुढा पनि प्रदेश पाँचबाट निर्विरोध भएकी हुन् । तर औपचारिक घोषणा हुन भने बाँकी नै छ । कार्यक्रममा मञ्चका अध्यक्ष आजात खड्काको अध्यक्षतामा भएको थियो ।