Indrenionline.com

प्रदेश नम्बर ५ बाट ११ जनाको उम्मेदजारी दर्ता

इन्द्रेणी संवाददाता
दाङ, १० माघ । राष्ट्रिय सभा सदस्यका लागि प्रदेश नम्बर पाँचबाट ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार प्रदेश नम्बर पाँचको आज दाङको घोराहीस्थित मुख्य निर्वाचन कार्यालयको कार्यालयमा पुगेर उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

राष्ट्रिय सभा सदस्यका लागि नेकपा एमालेका चार, नेपाली काग्रेसका चार, नेकपा माओवादी केन्द्रका दुई र राष्ट्रिय जनमोर्चाका एक गरी ११ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । यसरी उम्मेदवारी दर्ता गराउनेहरुमा एमालेको तर्फबाट रामलखन हरिजन (दलित) नवलपरासी, खिमलाल भट्टराई (खुला) रूपन्देही, मीना बुढा –महिलां रोल्पा र कोमल वली (महिला) दाङ रहेका छन् ।

त्यस्तै कांग्रेसका तर्फबाट दुर्गाप्रसाद उपाध्याय (खुलां रुपन्देही, अनिता देवकोटा (महिला) दाङ, मैकुलाल वाल्मीकी –दलित) बाँके र लुटबहादुर खत्री (अपांगता÷अल्पसंख्यक) बाँके रहेका छन् । माओवादी केन्द्रका तर्फबाट राजकुमार कुँवर (अल्पसंख्यक र अपांग) र चन्द्रबहादुर खड्का (खुला) रहेका छन् भने राष्ट्रिय जनमार्चाको तर्फबाट रश्मिराज नेपालीले उम्मेदवारी दर्ता गराएका छन् ।