इन्द्रेणी संवाददाता
दाङ, ९ माघ । नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा माघ १२ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने महोत्सवमा ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहने छ ।
नारायणपुर उद्योग वणिज्य संघको आयोजनामा ‘कृषि व्यवसाय एवं पर्यटनमा प्रोत्साहनः दीगो अर्थतन्त्रकालागि अमूल्य योगदान’ मूल नाराका साथ हुने महोत्सवमा दैनिक कलाकारिताका विभिन्न विधाका कलाकारहरुको प्रस्तुति रहने आयोजक मूल समितिका संयोजक महेन्द्रकुमार दाहालले जानकारी दिए ।
महोत्सवमा कलाकारहरु प्रमोद खरेल, रामजी खाँड, पशुपति शर्मा, कमल खत्री, ज्योति मगर, रमेशराज भट्टराई, भूमीका गिरी, सुनिल गिरी, प्रीति आले, पल्पसा डंगोल(चम्चुरी), सुरविर पण्डीत(दाह्रीबुढा), साहिमा श्रेष्ठ, विनु खड्का, श्रृजना खत्री लगायतका कलाकारहरुको प्रस्तुति रहने महोत्सवका सांस्कृतिक संयोजक अभियान बस्नेतले जानकारी दिए ।
यस्तै कलाकारहरु सन्दिप न्यौपाने, कला लम्साल, यादवनाथ योगी, रीता केसी, मेक्सम खाति, तिलक वली, चन्द्र शर्मा, दिनेश काफ्ले, टोपेन्द्र विष्ट, सरद समीप, विन्दु परियार, विजय पुन, प्रेम शर्मा, देवेन्द्र बस्नेत, पिताम्वर रिजाल, खड्ग शर्मा,, लगायतका कलाकारहरुको प्रस्तुति रहने बस्नेतले जानकारी दिनुभयो । यस्तै जिल्लामा रहेका नृत्य प्रशिक्षण केन्द्रहरुको पनि प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।
