Indrenionline.com

जनजागृति माविमा वसन्त पञ्चमी मनाइयो

नारायणपुर, ८ माघ । घोराही उपमहानगरपालिका १० मा रहेको जनजागृति माविले वसन्त पञ्चमी मनाएको छ । विद्यालयले औपचारिक कार्यक्रमको आयोजना गरि बसन्त पञ्चमी मनाएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर पुनको अध्यक्षता एव पाँच नं. प्रदेश सदस्य अमरबहादुार डाँगीको प्रमुख आतिथ्यता एव घोराही उपमहानगरपालिका १० का वडा अध्यक्ष चित्रबहादुर डाँगी (निर्मल) को विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले विद्यालयको शैक्षिक विकाससँगै भौतिक विकासका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन ।

विद्यालयले कक्षा दशसम्मको अध्यापन गराउने भएपनि विद्यालयमा भौतिक अवस्था कमजोर रहेको भन्दै विद्यालयको भौतिक संरचना विकाससँगै विद्यालयको परिसरमा .सरस्वतीको मन्दिर निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् ।