Indrenionline.com

नारायणपुर महोत्सवमा स्टल बुकिङ खुल्ला

इन्द्रेणी संवाददाता
दाङ, ८ माघ । नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा यही माघ १२ गतदेखि नारायणपुरमा सञ्चालन हुने व्यापारिक कृषि तथा पर्यटन महोत्सवको लागि स्टल वुकिङ खुल्ला गरिएको छ । आयोजकले सबैलाई स्टल वुकिङ गर्नका लागि आग्रह समेत गरेको छ ।

महोत्सवमा करीव दुई सयवढी स्टल हरने छन् । माघ २३ गतेसम्म सञ्चालन हुने महोत्सवमा १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र करिब ३ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको महासचिव दिपक सुवेदीे जानकारी दिए ।