इन्द्रेणी संवाददाता
दाङ, ६ माघ । दाङलाई प्रदेश नम्बर पाँचको राजधानी नतोकेको विरोधमा गएको मंगलवार घोषणा गरेको अनिश्चितकालीन दाङ बन्दका कारण आज शनिवार पनि दाङ ठप्प छ ।
जिल्लाका विभिन्न बजार क्षेत्रमा आन्दोलनकारीले टायर वालेर विरोध जनाइरहेका छन् । उनीहरुले रुपन्देही तोकिएको प्रदेश नम्बर पाँचको अस्थायी मुकाम निर्णय सच्याएर दाङ तोकिनुपर्ने माग राखेका छन् ।