तुलसीपुर ५ पुस । प्रदेश नं. ५ को राजधानी दाङ बनाउन बार्दियाबासीले माग गरेका छन् । बिहिबार त्यहाँका राजनीतिकल दल तथा जनप्रतिनिधिले एक बिज्ञप्ति जारी गरी प्रदेश राजधानी रुपन्देही तोकेको भन्दै बर्दिया आपति समेत जनाएका छन् ।
प्रदेश सबैको केन्द्रमा हुनुपर्ने भन्दै रुपन्देही बर्दियाका लागि केन्द्र नभएको उनीहरुले बताएका छन् । सरकाले उक्त निर्णय नसच्चाए आन्दोलनमा उत्रने समेत चेतावनी दिएका छन् ।