इन्द्रेणी संवाददाता
दाङ , ३ माघ । दाङमा ठूलो लगानीमा होटल ‘माला इन’ सञ्चालनमा आएको छ । करीव रु. १५ करोड लगानीमा दाङको घोराहीमा माला इन सञ्चालनमा आएको हो ।
होटलको औचारिक उद्घाटन भने भोलि विहिबार मात्रै हुने अध्यक्ष महराले जानकारी दिए । होटलमा विभिन्न स्वदेशि तथा विदेशी खाना तथा परिकारको व्यवस्था भएको प्रालिले बताएको छ । अण्डर ग्राउण्डसहित ६ तलाको रहेको उक्त होटलमा रोम चार्ज न्यूनतम दुई हजारदेखि अधिक्तम सात हजारसम्म रहेको छ । होटल करीव ६ कट्टामा निर्माण भएको छ ।