Indrenionline.com

वेलवासेको सन्तुष्टि भुताहा“ गाईपालनमा

गोविन्द खड्का
घोराही,३० पुस । वतावरण संरक्षण तथा उद्यमशिल नामक संस्थामा आबद्ध हु“दा गणेश बेलवासे त्यसतो कुनै उद्यमि हुनुहुन्थेन । घोराही १८ मसिना निवासी वेलवासे कलाकार, राजनीतिक कर्मि यस्तै नामले बढि परिचीत हुनुहुन्थ्यो ।

गत बैशाखमा गाई पाल शुरु गर्नुभयो । जर्सि र होल स्टेन जातका दश वटा गाई छन् । बेल्वासेले खोल्नुभएको भुताहा“ गाईपालन फर्ममा अहिले तिन वटा दुना र दुई वटा वकेर्ना गाई छन् । दुई वटा व्याउने छन् । दैनिक चालिस लिटरको हारा हारीमा दुध विक्री हुने गरेको बेल्वासेको भनाई छ ।
यहि समयमा गत बर्ष बेल्वासेको बारीमा गोभी कुच्रुक्क परेका थिए । अहिले हलल बढेर फरर परेका छन् । युरिया मल नहालेर यसरी मौलाएको गोभि देख्दा मात्रै अधिक सन्तुष्टि लागेको बेल्वासेले बताउनुभयो । उहा“का अनुसार पुर्ण आग्र्यानिक तरकारी खान पाईने वातावरण गाईले बनाई दिएको छ । दिउसोको मुत्र संकलन गर्न समस्या भएकाले खेर गएको छ । त्यसलाई पनि उपयोग गर्न सके बारी अझ कति मलिलो हुन्थ्यो । प्रशोधन गरे फाइदै फाईदा दिन्थ्यो । मान्छेहरु पतन्जलीले प्रसोधन गरेको गौ मुत्र खोज्न शहर बजार पुग्ने गरेका छन् ।

सब घुमेर खान्छन् त मैले किन काम गर्ने ? उसलाई घुमेर पुग्ने मेरा बच्चाले मरी मरी काम गर्नुपर्ने भन्ने गलत संस्कार छ । व्यवसायी वेल्वासेका अनुसार समाज परिवर्तनको अगुवाई गर्नेले देखासीखिमा अल्मलिनु हुदैन । बाटो देखाउनेले पहिला आफुले पुग्नुपर्ने ठाउ“ भेटेको हुनुपर्छ । ‘थोरैले गर्दा काम गरी खान लाज मान्ने चलन छ । सपैले गरेपछि गर्छन्’ बेल्वासेले भन्नुभयो, ‘जुवा खेलौ, क्यारेम खेलौ भनेपछि धेरै जुट्छन् । बिहानै दुध बेच्न जा“दा गफिने साथि पनि ह“ुदैनन् ।’ उहा“का अनुसार सामाजीक संस्कार नै काम गर्दा हिनताबोध गर्ने छ । सवारी साधनका मालिकहरुले सयर गर्न मात्रै उपयोग गर्न खोज्छन् । बेलवासेको स्कुटिमा दुध बेच्नुहुन्छ ।

जर्सीले पा“च देखि सात लिटर खुराक अनुसार दुध दिन्छ । होलस्टेले सात देखि दश लिटर सम्म दुध दिन्छ । बेल्वासेका अनुसार मेहनती नभएका व्यक्तिले थुन बाट दुध झार्न सक्दैन । कर्मचारीहरु बाट मात्रै फर्म चल्दैन । उनिहरुलाई दुःख विराम, चाड पर्वमा विदा दिनुपर्छ । त्यसबेला धान्न सक्ने घरकै जनशक्ति हुनुपर्छ । सम्हाल्न लाज मान्ने र अरुलाई लदाएर ठुलो मान्छे बन्ने शौख भएकाले गाई पाल्न सक्दैन । राजनीतिक कार्यक्रममा हिडेपनि गाईलाई वितारा पर्न नदिएको बेल्वासेले जानकारी दिनुभयो । हरेक गाईलाई छुटै पानीको टुटि, घास खुवाउने सिमेन्टको भा“डा त्यसलाई नियमित स्याहार एवं सरसफाइ गर्ने एउटा कर्मचारीको व्यव्स्था गर्नुभएको छ । भित्र र बाहिर दुवै ठाउ“को भकारो उत्तिकै व्यवस्थित र आधुनिक खालको छ ।

उहाले २२ वटा गाई पाल्ने क्षमताको गोठ बनाउनुभएको छ । करीव ४० लाख लगानी भएको बेल्वासेको भनाई छ । मोवाईलमा रहेको नेटमा सर्च गरेर खोर बनाउने र पाल्ने तरीकामा आधुनिकता दिनुहुन्छ । पाल्न थालेपछि पनि धेरै अनुभव हासिल गरीसक्नु भएको छ । उहाका अनुसार गर्भाधान भएपछि दुध घटाउदै जान्छन् । व्याउनु भन्दा ४८ दिन अघि देखि सामान्य तया दुहुन छोड्ने चलन छ । गर्भाधान गराउन सुई वाट हो । त्यसको मुल्य २५ रुपैया“ पर्छ ।

तर, पा“चसय नदिए सम्म पशुसेवा कार्यालयका प्राविधिक गोठ सम्म पुग्दैनन् । हुन्छ हुन्छ भनेर टार्छन् । गोठसुधार पशु सेवाकार्यालय बाट पचास हजार, चारो मेसिन घरेलु तथा साना उद्योगकार्यालयबाट ३० हजार सहयोग प्रँप्त भएको छ । त्यसले राज्य स्तरबाट व्यवसाय गर्न उर्जा मिलेको छ । त्यसभन्दा बढि शौखको पेशा भएकाले सन्तुष्टि मिलेको छ । पुर्विय भन्दा पश्चिम बजारमा चेतना कम छ । गाईको दुध भैसीको भन्दा थोरै खोजिहुनेमा पर्छ । बेल्वासेका अनुरा पुर्विनेपालमा महंगोमा बिक्छ । यहा डेरीले भैसीको भन्दा दश रुपैया कममै दुध लैलान्छ । तरपनि वेलवासेको सन्तुष्टि भुताहा“ गाईपालनमा छ ।