पौष २८ दाङ । अल्फा इङ्लिस बोर्डिङ् स्कुलको २९ औं वार्षिकोत्सव शुक्रबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहानगर पालिका वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगीले विद्यालयलस्तरबाट नै विद्यार्थीहरुलाई नैतिकवान् बनाउन जरुरी रहेको बताएका थिए । साथै विद्यार्थीलाई व्यवहारिक शिक्षा प्रदान गर्ने कुरामा जोड दिएका थिए । व्यवहारिक शिक्षाले नै साँस्कारिक जनशक्ति उत्पादन गर्न सकिने औंल्याउँदै प्रमुख अतिथि डाँगीले अबको शिक्षा संस्कार र व्यवहारमा आधारित हुनुपर्दछ ।
कार्यक्रममा शैक्षिक तथा अतिरिक्त क्रियाकलापका पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थीले विभिन्न राष्ट्रियता तथा संस्कृति झल्काउने खालका नृत्य प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द नेपालीको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो । प्रिन्सिपल आदिम के.सी.को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक हेमन्त अधिकारीले गरेका थिए ।