Indrenionline.com

भालुवाङ महोत्सवको तयारी पुरा

सन्तोषकुमार गुप्ता
भालुवाङ २७ पुस । इन्द्रेणी युवा क्लव भालुवाङको आयोजनामा पुस २८ गतेदेखि माघ ८ गतेसम्म सञ्चालन हुन लागेको दोस्रो राप्ती कृषि, पर्यटन, औद्योगीक तथा व्यापारीक महोत्सव २०७४ को सम्पूर्ण तयारी पुरा भएको छ ।

“कृषि उद्योग व्यापार तथा पर्यटकको आगमन, राप्ती कृषि, पर्यटन महोत्सव २०७४ को अभियान” भन्ने मुल नाराका साथ राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोक स्थीत निमार्णाधिन बसपार्कमा महोत्सव सञ्चालन गर्न लागेको महोत्सवको सम्पूर्ण तयारी पुरा भएको महोत्सव मूल आयोजक समितीका अध्यक्ष तथा क्लबका अध्यक्ष भिमबहादुर मर्रासिनीले जानकारी दिए ।

महोत्सवको उद्घाटन प्रदेश नम्बर ५ निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सदस्य मेटमणी चौधरीले गर्ने अध्यक्ष मर्रासिनीले जानकारी दिए ।
यसैबीच अध्यक्ष मर्रासिनीले शुक्रबार(भोली) बिहान १२ बजे हुने महोत्सव उद्घाटन कार्यक्रममा उपस्थीत भईदिनु सम्पूर्ण दाङ—देउखुरी जिल्लाबासी, छिमेकी जिल्लाबासी, संघसंस्था, पत्रकार, राजनितिकदल लगायत सबैमा आग्रह समेत गरेका छन् ।