Indrenionline.com

यसवर्ष सल्यानमा ३३ करोडको  सुन्तला उत्पादन

सल्यान, २७ पुस । अदुवा खेतीमा परिचित सल्यान जिल्ला पछिल्लो समयमा सुन्तला खेतीमा पनि परिचित भएको छ । सल्यानमा यस वर्ष करीव ३३ करोडको सुन्तला उत्पादन भएको छ ।

कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा जिल्लामा ३३ करो ड ४ लाख ४० हजार बराबरको  सुन्तला उत्पादन भएको  छ । १ हजार २० हे क्टर क्षे त्रफलमा लगाइएको  सुन्तलाको  बो टबाट ७ हजार तीन सय ४४ मे ट्रिक टन सुन्तला उत्पादन भएको  कार्यालयले जानकारी दिएको छ । नयाँ युगबोधमा खबर छ – गतवर्षको  भन्दा यसवर्ष १० प्रतिशतले  सुन्तला उत्पादनमा बृद्धि भएको  जिल्ला कृषि विकास कार्यालय सल्यानको भनाइ छ ।