Indrenionline.com

दुई करोड लगानीमा मौरी पालन पूर्वाधार निर्माण

इन्द्रेणी संवाददाता
दाङ, २५ पुस । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १३ मा करीव दुई करोड लगानीमा मौरी पालन पुर्वाधार सामाग्री उत्पादन वजारीकरण केन्द्र स्थापना भएको छ । केन्द्रले आज अन्तिम सार्वजनिक सुनाई तथा समापन कार्यक्रम सम्पन्न गरेको छ ।

राप्ती एपिकल्चर सेन्टर दाको आयोजनामा भएको कार्यक्रममा उक्त मौरी पालन पुर्वाधार सामाग्री उत्पादन वजारीकरण १ करोड ९० लाख ८२ हजार ८ सय २० रुपैयामा लगानीमा निर्माण गरीएको एपिकल्चर सेन्टरका प्रो पाइटर दिपकुमार वुढा मगरले जानकारी दिए । साना तथा मझौला कृषि आय स्तर आयोजनाको ५६ लाख ३६ हजार २ सय १० रुपैया र एपिकल्चर सेन्टरको १ करोड ३४ हजार ४६ हजार ६ सय १० रुपैया लगानीमा निर्माण गरिएको हो ।

राप्ती एपिकल्चर सेन्टरले मह उत्पादन सकलन, घार सेरेना, मेलिफेरा, टोपी, हुल समाउने झोला, घारका खुट्टा निर्माण, रानु ढोका पिँजडा, महदानी, माइग्रेशन नेट, धुवा दानी, मौरी फेम चौकोस, आधार चाका अन्य घार पार्टस निर्माण गरीने प्रोपाईटर वुढाले बताए ।

सार्वजनिक सुनाइ कार्यक्रम एपिकल्चर सेन्टरका प्रोपाइटर वुढाको अध्यक्षता एवम जिल्ला कृषि विकास कार्यालयका वालीसंरक्षण विकास अधिकृत पिताम्वर वस्नेतको प्रमुख आतिथ्यतामा भएको थियो । सो अवसरमा घोराही उपमहानगरपालिका वडा नम्वर १३ का वडा अध्यक्ष रविलला घर्ति, साना तथा मझौला कृषि आय स्तर आयोजनाका जिल्ला संयोजक हरिप्रसाद शर्मा, उद्यम तथा सामाजिक विकास मञ्चका अध्यक्ष भोला अधिकारी, लक्ष्मी माहुरी पालन समुहका अध्यक्ष भिमकान्त देवकोटा बोलेका थिए ।