इन्द्रेणी संवाददाता
दाङ, २४ पुस । दाङको लमही नगरपालिका सव ओभरसियर संगीता श्रेष्ठ र अमिन कृष्णकुमार नेपालीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस लिएको आरोपमा आइतबार पक्राउ गरेको छ ।
उनीहरुलाई कोहलपुरस्थित अख्तियारबाट खटिएको टोलीले घूस लिएको भनिएको ५० हजार रुपैयाँसहित पक्राउ गरेको जनाइएको छ । उनीहरुलाई निजहरुकै कार्यालय अगाडिको होटलबाट पक्राउ गरिएको हो ।