तुलसीपुर, २४ पुस । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले विमानसेवा सञ्चालनका लागि सहयोग गर्ने सवैलाई धन्यवाद ज्ञापन गरेका छन् ।
विमान सेवालाई निरन्तरता दिनेमा यहाँमा सम्पुर्ण व्यक्तिको जिम्मेवारी भएको भन्दै उनले नागरिक उड्ड्यन प्राधिकरण र समिट एयरले विमान सेवा सुचारु गर्नका लागि देखाएको चासो र सक्रियताप्रति आभार समेत व्यक्त गरेको वताएका छन् । पूर्व निर्धारित समय तालिकामा फेरबदल भएर आगामी दिनदेखि आईतवार र वुधवार विमान सेवा सञ्चालन हुने विज्ञप्तीमा उल्लेख गरेका छन् । आगामी दिनमा दैनिक विमानसेवा सञ्चालन र इन्धन डिपो निर्माणका लागि पहल गरिएको समेत उनले विज्ञप्तीमा जनाएका छन् ।