Indrenionline.com

सल्यानमा उद्यमशिलता विकास तालिम

सल्यान, २३ पुस । घरेलु तथा साना उद्योग विकास समिति सल्यानले सम्बन्धित स्थानीय तहसँगको संयुक्त आयोजनामा जिल्लाभर उद्यमशिलता विकास तालिम सञ्चालन गरेको छ । व्यवसाय गर्ने चाहाना भएका युवा युवतीहरुका लागी तालिम सञ्चालन गरिएको कार्यालयले जानकारी दिएको छ ।

जिल्लाको शारदा नगरपालिका तथा त्रिवेणी, ढोरचौर, छत्रेश्वरी, कालिमाटी गाउँपालिकामा तालिम सम्पन्न भइसकेको जनाउँदै निमित्त वरिष्ट उद्योग अधिकृत लोकबहादुर वस्नेतले कपुरकोट गाउँपालिकामा पनि १० दिने तालिमको आज आइतबार समापन गरिएको बताए ।

तालिममा सफल उद्यमी बन्नका लागि आवश्यक पर्ने गुणहरु, उद्यम गर्ने तरिका र विधि, उद्यमका लागि आवश्यक पूर्वतयारी, व्यवसाय, उद्यमी र उद्यमशीलता, लघु, घरेलु तथा साना व्यवसायमा आउने समस्या, चुनौती र समाधानका उपाय, सफल उद्यमीका विशेषताहरु, माग र आपूर्तिमा आधारित व्यवसायिक खेल, बजार र बजारीकरण तथा विक्री रणनिती, व्यवसायिक योजनाबारे जानकारी, एकीकृत व्यवसाय व्यवस्थापनको अवधारण र प्रक्रियाजस्ता विषयमा प्रशिक्षण दिइएको थियो ।