इन्द्रेणी संवाददाता
दाङ, २३ पुस । दाङका विभिन्न २२ वटा सिंचाई आयोजनाका लागि ३० करोड बजेट विनियोजन भएको छ । तुलसीपुर–मझौला सिंचाई आयोजना अन्तर्गत २२ योजनामा सो बजेट विनियोजना भएको मध्य पश्चिमाञ्चल क्षेत्रीय सिंचाई निर्देशनालय सिंचाई विकास डिभिजन तुलसीपुर दाङले जनाएको छ । कार्यालयका अनुसार योजनाहरु न्युनतम दुई लाखदेखि करिब ६ करोड सम्म बजेट रहेको छ ।
त्यसैगरी अश्वारा गनारी कुलो सिंचाई आयोजनाका लागि १ करोड १४ लाख, क्वाङ खोला सिंचाई आयोजनाका लागि २ करोड १२ लाख, पश्चिम लक्ष्मणपुर सिंचाई आयोजनाका लागि ३० लाख, एक्ली गनार सिंचाई आयोजना हेकुलीका लागि पाँच लाख, चौवाखोला विजौरीका लागि एक करोड ५७ लाख, प्रगन्ना सिंचाई आयोजना हेकुलीका लागि ५ करोड ७० लाख, सग्राम सातकुलेका लागि २ लाख, शंकर पीपल सौंडीयारका लागि ३० लाख, उपल्लो कुलो सिंचाई आयोजना मसीनाका लागि एक करोड ६० लाख विनियोजना भएको छ ।
त्यस्तै भवानी कूलो हापुरका लागि २ करोड, सुकदेवा बैबाङ सिंचाई आयोजनाका लागि १ करोड १३ लाख, गैरीगाउँ सिंचाई आयोजनाका लागि १ करोड १९ लाख, तल्लो डाबर कुलो सिंचाई आयोजनाका लागि २८ लाख, वसन्तपुर सिंचाई आयोजना लालमटीयाका लागि १० लाख र बराखुटी सिंचाई आयोजना लालमटीयका लागि १० लाख बजेट विनियोजन गरिएको छ ।