घोराही । प्याब्सन दाङको २८ औँ स्थापना दिवशको अवसरमा आयोजना गरिएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा प्याब्सन विजयी भएको छ । दिवशको अवसरमा प्याब्सन र नेपाल पत्रकार महासंघ दाङबीच शनिवार भएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा प्याब्सन विजयी भएको हो । घोराहीमा भएको प्रतियोगितामा १९/२५, २६/२४ र २१/२५ को अंकले प्याब्सनको टिम विजयी भएको थियो ।
हाजिरीजवाफ प्रतियोगितामा जनज्योति प्रथम
यस्तै प्याब्सन दाङको २८ औँ स्थापना दिवशको अवसरमा भएको विद्यालय स्तरिय मावि तहको हाजिरिजवाफ प्रतियोगिता शनिवार सम्पन्न भयको छ । जसमा जनज्योति मावि घोराही प्रथम, माउन्टभ्यू मावि घोराही द्धतिय र फोर्टिनाईट मावि बेलझुण्डी तृतीय भएका थिए । प्याब्सन जिल्ला सहसचिव एवं घोराही उपमहानगरपालिका संयोजक पोषण न्यौपानेको अध्यक्षता एवं प्याब्सनका केन्द्रिय सदस्य जिवनकुमार आचार्यको प्रमुख आतिथ्यमा भएको प्रतियोगितामा लिखितमा छनोट भएर आएका घोराही, तुलसीपुर र देउखुरी क्षेत्रका ३÷३ विद्यालय गरि जिल्लाभरका ९ विद्यालयको सहभागिता रहेको थियो ।