Indrenionline.com

हवाइ सेवा नियमित हुने भएपछि टिकट बुकिङ खुल्ला

इन्द्रेणी संवाददाता
दाङ, २० पुस । दाङको तुलसीपुर विमानस्थलमा हवाइ सेवा नियमित हुने भएपछि टिकट बुकिङको काम पनि शुरु भएको छ । पुस २३ गते विमान सेवा सुरु गर्नका लागि टिकट वुकिङ्ग खुला गरिएको हो ।

अहिलेका लागि दाङमा तुलसीपुर उपमहानगरपालिकामा टिकट काटिने र तत्काल दाङका विभिन्न ठाउँमा एजेन्स मार्फत टिकट काट्ने व्यवस्था गरिने बताइएको छ ।

तत्कालका लागि काठमाडौबाट दाङका लागि सात हजार दुई सय र दाङबाट काठमाडौका लागि ६ हजार ८ सय देखि ७ हजार २ सयसम्म भाडा तोकिएको छ ।

दाङमा टिकट काट्का लागि तुलसीपुर उपमहानगरपालिका सुचना अधिकारी झरेन्द्र खरेललाई ९८५७८२२३७७ मा काठमाडौमा विष्णु दुलाललाई ९८०२०८००४० मा सम्पर्क गर्न सकिने वताइएको छ ।