इन्द्रेणी संवाददाता
दाङ, १९ पुस । पछिल्लो चरणमा जिल्लामा नीजि लगानीकर्ताहरु स्वास्थ्य सेवामा आकर्षित हुँदै गएको छ । नीजि लगानीमा जिल्लामा धेरै अस्पतालहरु पनि सञ्चालनमा आइसकेका छन् ।
स्वास्थ्यसहित बिभिन्न क्षेत्रका क्रियाशील ६ जना व्यत्तिको निजी लगानीमा सञ्चालनमा आएको उक्त हस्पिटल सञ्चालनमा आएको डा. रमेश बस्नेतले जानकारी दिए । हस्पिटलले इमरजेन्सी, ओपिडी सेवा दिइनका साथै डिजिटल एक्सरे, अप्रेशन, ल्याबसहित फार्मेसी सञ्चालनमा आएको छ ।
चौबिसै घण्टा सेवा दिने गरी हस्पिटल सञ्चालनमा ल्याइएको बस्नेतले बताए । उनका अनुसार दूरविन बिधिबाट पथ्थरीको अप्रेसन, पिसाब नली, पिसाल थैलीको पत्थरीको अप्रेसन गर्न थालिएको छ ।