इन्द्रेणी संवाददाता
तुलसीपुर, १८ पुस । क्रियाशील पत्रकार समुह दाङले वौद्धिक अपाङ्ग विद्यार्थीलाई बलाङ्केट सहयोग गरेको छ । तिहारमा भैलो खेलेर संकलित रकमले अमर उच्च मावि उरहरीमा अध्यनरत अपाङ्ग विद्यार्थीलाई जाडोबाट जोगाउन करिब १५ हजार रुपैँया बराबरको आठवटा बलाङ्केट सहयोग गरेको हो ।
क्रियाशील पत्रकार समुहका अध्यक्ष गोपाल शर्माको अध्यक्षतामा भएको कार्यक्रममा अमर उच्च मावि उरहरीका व्यवस्थापन समितीका अध्यक्ष गुरुप्रसाद शर्मा,प्रधानाध्यापक पदम न्यौपाने,अपाङ्ग सेवा संघका अध्यक्ष देवका भण्डारी लगाएतकाले बोलेका थिए ।