Indrenionline.com

पाल्पामा गोली लागेर एकको मृत्यु

इन्द्रेनी संवाददाता

पाल्पा १८ पुस । गाेली लागेर पाल्पामा एक जनाकाे मृत्यु भएकाे छ । तिनाउ ६ मस्यामकाे छत्तिवन जंगलमा स्थानीय बलबहादुर लम्तरीले बाँदरलार्इ हानेकाे गाेली लागेर छिमेकी धनबहादुर थापाकाे मृत्यु  भएकाे पाल्पा प्रहरीले जनाएकाे छ ।

‘भरुवा बन्दुककाे गाेली झुकिकएर लागेको भन्ने छ’, प्रहरी निरीक्षक चन्द्र बहादुर थापा मगरले भने । गोली लागेपछि घटना स्थलमै उनको ज्यान गएको र गोली हान्ने बलबहादुरलाई बन्दुकसहित प्रहरीले पक्राउ गरि अनुसन्धान थालेको छ । पीडित पक्ष आक्रोशित भएका छन् ।