इन्द्रेणी संवाददाता
दाङ, १८ पुस । संघीय संरचनाअनुसार दाङमा कक्षा ८ को वार्षिक परीक्षा अव स्थानीय तहले गर्ने भएका छन् । विगतमा जिल्ला शिक्षा कार्यालयले वार्षिक परीक्षा गराउँदै आएको छ ।
उनका अनुसार अव सवै स्थानीयतहले त्यो अधिकार प्रयोग गरेर परीक्षा सञ्चालन गर्ने छन् । शिक्षा समितिले मगलवार स्थानीयतहका प्रमुखसँग गरेको छलफलमा श्रोत व्यक्तिको करार सम्झौता र हाजिर लगाउन जिम्मा पनि स्थानीय तहमा दिने सहमति भएको छ । अझैपनि केही स्थानीय तहमा शिक्षाका कर्मचारी जान सकेका छैनन् ।
गएका कर्मचारीले समेत अपेक्षाकृत रुपमा काम नगर्ने गरेको गुनासो स्थानीयतहका प्रमुखहरुको थियो । त्यसैगरेर थप कक्षाको अनुमति, विद्यालयको नाम परिवर्तनको लागि तत्कालको लागि निवेदन माग गर्ने र थप कानून आएसँगै त्यसको प्रक्रिया अघि बढाउने भएको छ । त्यसैगरेर शिक्षकको आन्तरिक, बाहृय जिल्लामा सरुवा पनि स्थानीयतहको सहमतिको आधारमा गर्ने सहमति भएको छ ।