Indrenionline.com

रोटरी ज्ञानका लागि ‘रोटा क्विज’

तुलसीपुर, १६ पुस । रोटरी क्लव अफ तुलसीपुर सिटीले अन्तर रोटरी क्लव स्तरिय रोटा क्विज सम्पन्न गरेको छ ।

रोटरी डिष्ट्रिक ३२९२ रिजन ५ अन्तर्गत जोन १८ मा आवद्ध क्लवहरुको विचमा उक्त प्रतियोगिता सम्पन्न भएको थियो । क्लवमा आवद्ध सदस्यहरुलाई रोटरी सम्वन्धि ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष तुफानबाबु श्रेष्ठले जानकारी दिए ।

विभिन्न ५ वटा क्लवका विचमा भएको प्रतियोगितामा रोटरी क्लव अफ कपिलवस्तु मिड टाउन प्रथम भएको थियो । साथै सो प्रतियोगितामा रोटरी क्लव अफ तुलसीपुर सिटी द्धितिय र रोटरी क्लव अफ धनगढी तेश्रो भएका थिए । त्यसैगरि रोटरी क्लव अफ दाङ्ग र रोटरी क्लव अफ कपिलवस्तु सान्त्वना भएका थिए ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथि रोटरी डिष्ट्रिक ३२९२ जोन १८ का असिस्टेन्ट गभर्नर कुशल तर्तालले रोटा क्विज रोटरीको ज्ञान अभिवृद्धि गर्नका लागि महत्वपूर्ण भएको भन्दै विशिष्ट कार्यक्रम सञ्चालन गरेर तुलसीपुर सिटीले अरुका लागि पनि उदाहरणीय कार्य गरेको वताए । विशिष्ट अतिथि रोटरी डिष्ट्रिक ३२९२ का एड टु गभर्नर विष्णुवहादुर कार्कीले विभिन्न पेशा व्यवसायमा नेतृत्व गरेका युवाहरुलाई रोटरीले आकर्षित गरेको भन्दै यस्तो कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा रोटरी डिष्ट्रिक ३२९२ रिजन ५ का रोटा क्विज संयोजक दुर्गा पोख्रेलले रोटरीको वास्तविक ज्ञान सवै रोटरिएनले जान्नुपर्ने वताउँदै भव्य रुपमा कार्यक्रम सम्पन्न गरेकोमा आयोजक क्लव तुलसीपुर सिटीलाई धन्यवाद समेत दिए ।

कार्यक्रममा क्लवका पुर्व अध्यक्ष विमल रिजाल र रोटरी क्लव अफ धनगढीका अध्यक्ष दिर्घराज उपाध्यायले पनि रोटा क्विज भव्य रुपमा सम्पन्न भएकोमा खुसी व्यक्त गरे ।