तुलसीपुर, १६ पुस । तुलसीपुर उपमहानगरपालिका १३ मा रहेको ज्योति महिला वचत तथा ऋण सहकारी संस्था ११ औ वर्षमा प्रवेश गरेको छ । महिलाहरुको संलग्नतामा स्थापना भएको संस्थाले वार्षिकोत्सवका अवसर विशेष कार्यक्रमको आयोजना गरेको छ ।
“किसानको जीवनमा आमुल परिवर्तन ल्याउनका लागि हामीले विशेष योजना वनाएका छौ ” उनले भने । कृषिको आधुनिकीकरण गरेर युवा जनशक्ति पलायनलाई रोक्नमा विशेष पहल गर्ने पनि उनले वताए । आजको वचत भविष्यका लागि आधार हुने भएकाले वचत गर्नमा सवैले चासो दिनुपर्ने समेत उनले वताए ।
कार्यक्रममा फुलवारी कृषि सहकारी संस्थाका अध्यक्ष हरिहर पौडेल, त्रिसिद्धेश्वरी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लिलाधर डाँगी, अर्पणा पौडेल, हरिदत्त कार्की, तारावहादुर कार्की, वसन्ता पौडेल, सावित्रा वली लगायतले मन्तव्य राखेका थिए ।