इन्द्रेणी संवाददाता
दाङ, ११ पुस । नेपाली कांग्रेस दाङ साविक क्षेत्र नम्बर ३ ले विभिन्न विभागहरुको जिम्मेवारी बाडफाँड गरेको छ । क्षेत्रीय बैठकले विभिन्न क्षेत्रमा जिम्मेवारी बाँडफड गर्दै कार्य विभाजन गरेको हो । जस अनुसार क्षेत्रिय सभापति भुपबहादुर डाँगीलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयतर्फको जिम्मेवारी दिइएको छ ।
क्षेत्रीय सभापति भुपबहादुर डाँगीको अध्यक्षतामा बसेको बैठकले मंसिर २१ गते भएको प्रतिनीधी सभा र प्रदेश सभाको निर्वाचनमा कांग्रेसको पक्षमा मतदान गर्ने सम्पूर्ण मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेको छ । यस्तै घोराही उपमहानगरपालिका वडा नम्बर ५ धर्ना विनासी विमल केसीको पत्नी नेपाली कांग्रेसका क्रियाशील सदस्य शोभा केसी, घोराही १० निवासी कांग्रेसका शुभचिन्तक गिरिराज पौडेल र घोराही १० निवासी रमेश गौतमको आमा सावित्रादेवी गौतमको निधनप्रति दःख व्यक्त गर्दै मृत आत्माको चिरशान्तीको कामना गर्दै परिवारप्रति समवेदना व्यक्त गरेको सचिव बद्रिकुमार खड्काले जानकारी दिए ।