Indrenionline.com

विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

इन्द्रेणी संवाददाता
दाङ, ११ पुस । घोराही–१० की वडा सदस्य लक्ष्मी लम्सालले एउटा विद्यालयलाई व्यक्तिगत कक्षाकोठा सामग्री सहयोग गरेकी छन् ।

घोराही–१० कै नवोदय बाल कल्याण निमावि दक्षिण अमराईलाई कक्षा १ मा अध्ययनरत विद्यार्थीहरुका लागि शैक्षिक सामग्रीसहित कक्षाकोठा सामाग्री सहयोग दिएकी हुन् ।

लम्सालले कक्षा १ मा अध्ययनरत २२ जना विद्यार्थीहरुका लागि कक्षामा विछ्याउने २२ थान कुसन (गद्दा) एवं कापी, कलम र सरसफाईका लागि एक÷एक रुमाल सहयोग गरेकी छन् ।

सामग्री मंगलवार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी हगरिएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा डिसीको सहयोग गर्ने लम्साललाई धन्यवाद दिएका छन् ।