लमही, १० पुस । राप्ती नदीको किनारमा खुलेका क्रसर उद्योग तथा बालुवा प्रशोधन कम्पनीले अनाधिकृतरुपमा ढुंगाजन्य वस्तुको उत्खनन् र संकलनको काम गरिरहेका छन् ।
गढवा गाउपालिका वडा नं। ५ र ६ को गाउलाई जो खिम पर्ने गरी राप्ती नदीमा स् काभे टर प्रयो ग गरी ढुंगाजन्य वस्तु उत्खनन् गरिएको सन्तोष केसीले जानकारी दिए । ‘स्काभेटले नदीभित्र पसे र बालुवा र गिट्टी उत्खनन् गर्दै टिप्परमार्फत क्रसर उद्योगमा ओसारिरहेको छ, नदीमा ठूलो खाडल परेको छ, वर्षामा आउने भेल गाउ पस्यो भने हाम्रो उठीबास लाग्छ’– केसीले भने– ‘नदीमा स्काभेटर हालेर उत्खनन् गर्दा प्राकृतिक सम्पदाको उच्च दोहन हुन्छ ।’
लमही नगरपालिका वडा नं। ४ बुटकौ वा गाउमा तटबन्ध गरिदिने नाममा राप्ती नदीबाट ढुंगा जन्य वस् तु ओ सारिरहे को पाइएको छ । त्यहा“ खुलेको शुक्रेश्वर बालुवा प्रशोधन केन्द्रमा उत्खनन् गरिएको गिट्टी डम्पिङ गरिएको छ ।
‘नदीबाट गिट्टी उठाइरहे काहरुले गाउमा तटबन्ध गरिदिन्छौ ं भने का छन् तर अझै काम शुरु गरेका छैनन्’– स्थानीय शान्तिप्रसाद चौधरीले भने– ‘हाम्रो गाउको जग्गा हरेक वर्ष नदीले काटेर लगिरहेको छ, यसरी खोलामा स्काभेटर हाले र उत्खनन् गर्दा वर्षामा धेरै नोक्सानी गर्न सक्छ ।’ राप्ती नदीलाई आधार माने र एक दर्जन क्रसर उद्योग खो लिएका छन् । ती क्रसर उद्यो गहरुले राप्तीलाई दोहन गरेर ढुंगाजन्य वस्तु उत्खनन गर्ने गरेका छन् ।
जिल्ला अनुगमन समितिले विकास निर्माणका यो जनालाई लक्षित गरेर दाङ उपत्यकाको ग्वारखोला र देउखुरीको राप्ती नदीको केही स्थानबाट ढुंगाजन्य वस्तु उत्खनन्का लागि अनुमति प्रदान गरे को छ । त्यो अनुमतिको आधारमा जिल्ला समन्वय समितिले उत्खनन्का लागि ठे के दारलाई जिम्मा दिएको छ ।
‘विकास निर्माण प्रयोजनको लागि जिल्ला अनुगमन समितिको निर्णयअनुसार जिल्ला विकास समितिले छोटो समयको लागि ठेक्का दिएको हो’– जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी भरत बुढाथोकीले भने – ‘विषयगत कार्यालयले थालेका योजनाहरुमा ढुंगाजन्य वस्तु लगिने छ ।’ वातावरणीय असर नपर्ने गरी संकलनका लागि अनुमति प्रदान गरिएको दाबी उनले दावी गरे ।
अनुमतिमा हलुका साधनको प्रयोग गरेर उठाउ नसक्ने अनुमति दिइएको पाइएको छ । प्रहरीका सबै कार्यालयहरुमा अनुमतिपत्रसहित जानकारी पुगेको छ । स्थानीय बासिन्दाहरुले नदी तथा खोलामा स्काभेटरको प्रयोग गरेर ढुंगाजन्य वस्तु उत्खनन् गरिरहेको भन्दै प्रहरी कार्यालयमा जानकारी दिदा प्रहरीले पनि केही गर्न नसक्ने जवाफ फर्काउने गरेको छ ।
नयाँ युगबोध /दशरथ घिमिरे