दाङ, ९ पुस । पाण्डवेश्वर महादेव मन्दिर धारपानीलाई दश वर्षभित्रमा मुलुककै पर्यटनको गन्तव्य बनाइने भएको छ । विश्वको अग्लो त्रिशुलका कारण चर्चामा रहेको धारपानीलाई अबको दश वर्षभित्र मुलुककै प्रमुख पर्यटनको गन्तव्य बनाइने मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ ।
ब्रिटिस काउन्सिलको कनेक्टिङ क्लास रुम आई.एस.ए.प्रोजेक्ट फर ग्लोवल एजुकेशन अन्तर्गतको ‘वेलकम टु घोराही’ कार्यक्रम लिएर पुगेका विद्यार्थीहरुसँग सचिव आचार्यले ७० करोडको बिस्तृत गुरुयोजना निर्माण गरेर मन्दिरको विकासमा लागिपरेको बताए ।
सरकारी निकायबाट २० करोड र दाताहरुबाट ५० करोड संकलन गरेर पूर्वाधार निर्माण गर्ने आचार्यको भनाई थियो ।