उदय बीसी
दाङ, ७ पुस । उपप्रधानमन्त्री तथा माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महराले केही कतै अवरोध नभए अबको तीन साताभित्र नयाँ सरकार गठन हुने बताएका छन् ।
राष्ट्रिय सभा नभए सरकार बन्दैन भन्ने र त्यसमा एकल संक्रमणीय वा वहुमतीय हुने भन्ने विषयमा केही समस्या उत्पन्न भएकाले त्यो समस्या पनि केही समयमा हटेर जाने र नयाँ सरकार गठन हुने महराले बताए । तर सरकार कुन–कुन दल र कस्को नेतृत्वनमा भन्ने भन्नेबारेमा भने केही बोलेनन् ।
माओवादी र एमाले पार्टी एकीकरणको प्रशंगमा नेता महराले पहल दुर्तरुपमा अघि वढिरहेको बताए । माओवादी केन्द्रको बैठकले पार्टी एकताको आधिकारिक निर्णय गरिसकेको र एमालेले पनि आजै आधिकारिक निर्णय गर्ने भन्दै उनले ठूला विषय आगामी महाघिवेशनबाट टुग्गो लगाउने गरी छिटै पार्टी एकताको काम हुने बताए । जसका लागि दुबै पार्टीबीच एक चरणको वार्ता भइसकेको महराले बताए ।
प्रेस सेन्टरका अध्यक्ष डिल्ली मल्लाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रेस चौतारीका प्रेमबहादुर राम्जाले गरेका थिए भने सहजिकरण सेन्टरका सचिव पाण्डव शर्माले गरेका थिए ।