इन्द्रेणी संवाददाता
दाङ, ५ पुस । दाङमा आज संघीयतामा नेपाल प्रहरीको पुर्नसंरचना विषयमा छलफल भएको छ । संकट प्रवद्र्धन संस्थान सम्पर्क एकेडेमी धुमवराही काठमाडौंको आजोननामा दाङको घोराहीमा छलफल भएको हो ।
कार्यक्रममा नेपाली सेनाका पूर्व रथी बालानन्द शर्माले संघीयतामा नेपाल प्रहरीको संरचनामा परिवर्तन हुने भएकाले यसमा सबैले सोच विचार गरेर प्रदेश र संघको अधिकार बाँडफाँट गर्नुपर्नेमा जोड दिए । तर उनले सशस्त्र प्रहरी र नेपाली सेना केन्द्रीय सरकारकै मातहतमा रहने र नेपाल प्रहरी मात्रै संघीय संरचनामा रुपान्तरण हुने भएकाले तल देखि माथि सम्मको शान्ति सुरक्षा र अपराध नियन्त्रणलगायतका विषयलाई ध्यान दिएर पुर्नसंरचना गर्नु आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाली काग्रेस दाङका सचिव शंकर डाँगी, नेकपा माओवादी केन्द्रका विश्वराज आचार्य, एमालेका लक्ष्मण आचार्य, संघीय प्रहरी इकाइ कार्यालय तुलसीपुरका एसएपी दिलिप चौधरी, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दुर्गा सिंह, इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएपी प्रकाश सापकोटा, नेपाली सेनाका पूर्व रथी मिनेन्द्र अर्याल, जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी गणेशराज आचार्य, जिल्ला समन्यवय समितिका भरतबहादुर बुढाथोकी, घोराही उपमहानगरपालिकाका कार्यवहाक प्रमुख भरत अर्याललगायतले विभिन्न सुझाव दिएका थिए ।