दाङ, ४ पुस । कवि तिलक अधिकारीको कविता संग्रह हिमाल चढ्ने पाईलाहरुको विक्रिबाट आएको रकमले बृद्धबृद्धाहरुलाई न्यायो कपडा सहयोग गरीएको छ । ज्ञानसिन्धु माध्यमिक विद्यालय घोराहीका विद्यार्थीहरुको पहलमा १९ जना बृद्धबृद्धाहरुलाई न्यानो कपडा सहयोग गरीएको हो ।
नेपाली विषयका शिक्षक कवि एवम् साहित्यकार तिलक अधिकारीको २०७१ सालमा प्रकाशित कविता सङ्ग्रह हिमाल चढ्ने पाइलाहरु कविता सङ्ग्रहको विक्रिबाट उठेको रकम वृद्धवृद्धाको लागि खर्च गरेको विद्यार्थीहरुले बताएका छन ।